CLICK HERE

यौनशक्ति या कि सेक्स पावर बढाउन नियमित सेवन गर्नु पर्ने ९ उपयोगी बस्तुहरु जानी राखौ..

दैनिक जीवनमा हामीलाइ जसरी गाँस, बास र कपासको आवश्यकता पर्दछ, त्यसरि नै यौन सन्तुष्टिको पनि चाहँना हुने गर्दछ। समाजमा पनि यौन असन्तुष्टिकै कारण बिभीन्न खाले अपराधीक घटनाहरु हुने गरेका छन्। यौन दुर्वलता र पर्याप्त यौन सन्तुष्टि प्राप्त गर्न नसक्दा हामिले कयौको परिवार समेत विखन्डन भएको देखेका छौ। हाम्रो खानपान र रहनसहनले पनि यौन क्रियाकलापमा भर पर्दछ। कहिलेकाँही यौन दुर्बलता घटाउनका लागि जीवनशैलीमा मात्र परिवर्तन गरे पुग्दछ भने कहिलेकाँही चाँहि औषधी नै लिनुपर्ने हुन्छ। तर सामान्यतया हामिले खानपिनमा मात्र विशेष ध्यान दियौ भने यौनशक्ति पर्याप्त प्राप्त हुन्छ। जानीराखौ ९ कुराहरु जसको नियमीत सेवनले हामिमा यौनशक्ति बढाउनुका साथै यौनदुर्वलता समेत हट्दै जान्छन।


१. गाजरको हलुवा : गाजरको हलुवा खानको निम्ती जति स्वादिष्ट छ त्यति नै स्वास्थ्यको हिसावले गुणकारी पनि छ। आयुर्वेदका अनुसार गाजरको हलुवाले यौन शक्तिमा वृद्धि गर्दछ। जसका लागि तपाईले गाजरको हलुवा पकाएर त्यसमा माथीपटिबाट घ्यू राखी त्यसको माथिपटीबाट चाँदीको ढक्कन लगाएर राख्नुपर्दछ। यसरी पकाएर राखेको गाजरको हलुवा ४ घन्टा पछि बिहानर बेलुका दुध सँग चाररचार चम्चा नियमीत सेवन गर्ने गरियो भने यौनशक्ति बढ्ने गर्दछ। यसले शारीरिक शक्तिका साथै वीर्यशक्ति पनि तुरुन्त बढाउदछ।
 २. बेसार : बेसार पनि यौनशक्तिलाई तुरुन्त बढाउनको लागि उपयोगी औषधीको रुपमा लिइन्छ। एक चम्चा महमा एक चम्चा बेसार मिलाएर खाली पेटमा खायो भने यसले यौनशक्तिलाई तुरुन्त बढाउँछ। यसका साथै बेसारले रोगसँग लड्न सक्ने क्षमतामा पनि वृद्धि गर्दछ। साथै यसरि बेसार र मह मिसाएर दैनिक सेवन गर्नाले मोटोपन पनि घट्दछ।
 ३.त्रिफला : राती एक चम्चा त्रिफलाको धुलो चिसो पानीसँग पिउनाले पनि यौन शक्ति बढ्दछ। साथै यसबाट पेट तथा मूत्रस्थानका बिभीन्न रोगहरु समेत निको हुन्छ।
 ४ गुँदकोे लड्डु : हामी प्रायजसो गुँदको लड्डु त खाने गर्दछौ। तरपनि हामिमध्ये कयौलाई यसको फाइदाको बारेमा भने थाहा छैन। गुँदको लड्डुले पनि शारीरिक शक्ति मात्र नबढाइ सहवास शक्ति पनि बढाउने गर्दछ।
 ५. पीपलको फल तथा जरा : तपाँई हाम्रो नजिकै पीपल सजिलै उपलव्ध हुन्छ। यदि हामीले पीपलको फल र जरालाइ कुटेर चटनी बनाइ त्यस चटनीलाइ १०० मिलीलीटर दुध र ४०० मीलीलीटर पानी हालेर एक चौथाइ भाग हुने गरी बेस्कन पकाएर बिहान बेलुका आधा कप पिउने गरेमा हाम्रो यौन शक्ति असाधारण रुपमै बढ्न थाल्दछ।
 ६. छोकडा : जाडो महिनामा बिहान खाली पेटमा तीनवटा छोकडा खानुस तपाइमा अवश्य पनि यौनशक्ति बढ्दछ। यसका साथै शुद्ध घ्यूमा अलैंची र शक्खर मिलाइ त्यसलाई उम्लेको दूधसँग पिएमा पनि यौनशक्ति तुरुन्त बढ्दछ।
 ७. प्याजको सलाद : यौन शक्ति बढाउने अर्को कुरा प्याजको सलाद पनि हो। नियमीत रुपमा प्याजको सलाद सेवन गरेमा पनि पुरुषहरुको यौनशक्ति बढदछ। साथै यसले महिलाहरुमा हुने गरेको महिनावारी समस्याबाट समेत मुक्त बनाउछ।
 ८. तुलसी र मुसली र मीश्री : १५ ग्राम तुलसीको बिउ,३० ग्राम सेतो मूसली र ६० ग्राम मिश्री मिलाएर धुलो बनाएर दैनिक ५ ग्राम बिहान बेलुका गाइको दुधसँग सेवन गरेमा पनि यौनशक्ति बृद्धि हुन्छ।
 ९ दालचीनी : दैनिक बिहान बेलुका दालचीनीको धुलो दूधमा मिलाएर खानाले पनि यौनशक्ति बढ्दछ। माथिका यि सब खानेकुराहरु खाँदा आफ्नो नियमीत खानपानमा भने अवश्य ध्यान दिनुहोस। धेरै मसालेदार खानेकुराहरुको सेवन नगर्नुस। सकेसम्म दैनिक योग र प्रणयामहरु गर्नुहोस। तपाईको यौनशक्तिमा अवश्य पनि वृद्धि आउनेछ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment