अहिलेसम्म ब्रेनस्ट्रोकको सम्बन्धमा आमधारणा के थियो भने ब्रेनस्ट्रोक (मस्तिष्कघात )उमेर पुगेका बुढापाका हरुलाई मात्र हुन्छ । तर आधुनिक जीवनशैलीको जटिलताले गर्दा वयश्क उमेरका ब्यक्तिहरुमा पनि यो समस्या देखिन थालेको छ । अब यस समस्या ब्रेनस्ट्रोक संग उमेरको कुनै सम्बन्ध रहेन भन्दा कुनै अतियुक्ति न होला । लिगंको हिसाबले हेर्दा यो समस्या महिलाहरु भन्दा पुरुषहरुमा बढी देखिन्छ ।
के हो ब्रेनस्ट्रोक भनेको ?
सहि ढगंले काम गर्नेका लागि हाम्रो मस्तिष्कलाई हमेशा अक्सिजनको आवश्यकता पर्दछ । रक्तप्रवाहको माध्यमले नै चाहिने अक्सिजन मस्तिष्कसम्म पुग्दछ । कुनै कारणवश मस्तिष्कको रक्तवाहिनी नलीमा ९ब्लडकोटिगं० रगत जमेर नशा फुट्नाले ब्रेन कोषिकाहरुलाई पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउदैन । यस अवस्थामा मस्तिष्कका कोषिकाहरु तिब्रगतिमा नष्ट हुन थाल्छन । शरीरको यस अवस्थालाई नै ब्रेनस्ट्रोक अर्थात मस्तिष्कघात भनिन्छ ।
ब्रेनस्ट्रोक को प्रकारः
ब्रेनस्ट्रोक प्रायः गरी दुईप्रकारको हुन्छ ।
१, स्केमिक (ischemic)
२, हेमैरेजिक (Haemmarragic)
पहिलो अवस्थामा ब्यक्तिको मस्तिष्कको नशाहरुमा रगत जम्ने समस्या हुन्छ । जसले गर्दा मस्तिष्कको केहिभागमा अक्सिजनयुक्त रगत पुग्न पाउदैन । ब्रेनस्ट्रोकका लगभग ८७ प्रतिशत केशजहरुको मामलामा यस्तै प्रकारको समस्या देखिन्छ ।अर्को किसिमको हेमेरेजिक स्ट्रोकमा भने मस्तिष्क को नशा फुट्न जान्छ । यसले गर्दा मस्तिष्कको केहि भागमा अनियन्त्रित रुपले रगतको प्रवाह हुन जान्छ । यो अवस्था अत्यन्तै खतरानाक हुन्छ ।
कसरी पहिचान गर्ने ?
केहि लक्षणहरु हार्टअटैकसँग मिल्दोजुल्दो भएको कारणले प्रायः मानिसहरु ब्रेनस्ट्रोकलाई पनि हार्टअटेक हो भनेर बुझ्ने गर्छन् । तर यो हृदयघात भन्दापनि गम्भीर समस्या हो ।
ब्रेनअटेकका प्रमुख लक्षणहरुः
मुख बागिंनु, हातमा कमजोरी महसुस हुनु, प्रयास गर्दापनि ब्यक्तिले आफ्नो हात माथितिर लान नसक्नु, बोल्न अप्ठेरो हुनु, बोली लरबराउनु । लगभग ७० प्रतिशत ब्रेनस्ट्रोकका केशेजहरुमा उपरोक्त प्रमुख लक्षणहरु देखिन्छ । यसबाहेक यस किसिमका रोगीहरुमा केहिअन्य लक्षणपनि देखिन्छ जस्तै – आखाँको अगाडि अन्ध्यारो हुनु, रिगंटा लाग्नु, वरिपरीको वस्तु डबल९दुई वटा० देखिनु, शरीरको सन्तुलन बिग्रिनु, कमजोरी महसुस हुनु, वा शरीरको कुनै भाग लाटो ९सुन्निनु० हुनु आदि । यी लक्षणहरु बढी खतरनाक हुन्छन् । प्रायः मानिसहरु यसलाई मामुली कमजोरी सम्झेर वास्ता गर्दैनन् र बिरामीलाई अस्पताल पुग्नमा ढिलो भईसक्छ ।
समयको महत्वलाई बुझौंः
स्ट्रोकबाट प्रभावित ब्यक्तिलाई एक मिनटपनि बिलम्ब नगरी जतिसक्दो चाडै नजिकको अस्पताल पुर्याउने । यसमा ढिलो नगर्ने उसको लागि एक एक सेकेन्ड पनि धैरैमुल्यवान हुन्छ । किनभने स्ट्रोकपछि ब्यक्तिको मस्तिष्कको सेल ९कोषिका०हरु तिब्रगतिमा नष्ट हुन थाल्छन ।यदि कारखाना, अफिस, वा घरपरिवार भित्रका कुनै सदस्यहरुमा कसैलाईपनि ब्रेनस्ट्रोक को कुनै एउटै लक्षण पनि देखियो भने साथीभाई, घरका सदस्यहरुको जिम्मेवारी हुन आउछ कि एक मिनट पनि ढिलो नगरी नजिकको अस्पतालमा तुरन्तै लैजाने जहाँ आईसियु, न्युरोलोजि डिपार्टमेन्टको अलावा सिटी स्केन, एमआरआईको सुबिधा होस । यस्तो अवस्थामा सोच्ने, सरसल्लाह गर्ने, बिचार गर्ने, वा आफ्नो फेमिलि डाक्टरसगं सल्लाह गर्ने जस्ता गल्ति गर्नुहुदैन किनभने यो एउटा मेडिकल ईमर्जेन्सी हो र आधुनिक सुबिधायुक्त अस्पतालमा नै यसको उपचार सम्भव छ । बिरामीलार्इ अस्पताल पुर्याएपछि पनि यस कुराको ध्यान राख्नुपर्दछ कि ३० मिनटभित्र बिरामीको सिटी स्केन भईसकनु पर्छ र ५० मिनटभित्र बाँकीका ल्याब टेस्टहरु पनि सकियोस । ताकि छिटो भन्दा छटो बिरामीको उपचार शुरु गर्न सकियोस ।
कहिले हुन्छ खतरा ?
६० बर्ष उमेरपछिका ब्यक्तिहरुमा यसको खतरा बढ्न जान्छ । आधुनिक जीवनशैलीको व्यस्तताको कारणले मानिसहरु आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान दिदैनन्। यसकारण ३०र४० बर्षका आयुभएका मानिसहरु पनि ब्रेनस्ट्रोकको शिकार हुन्छन । हाईब्लडप्रेशर, मधुमेह, मोटोपन, पारिवारिक ईतिहास, रगतमा कोलेस्ट्रल र अमिनोएसिडको मात्रा बढनु, अत्यधिक मात्रामा अल्कोहल र सिगरेटको सेवन गर्नु, टाऊकोमा कुनै आन्तरिक चोटपटक या अत्यधिक मानसिक तनावमा हुनु आदि कारणले यो समस्या हुनसक्छ ।
ब्रेनस्ट्रोक को असरः
ईन्डियन काउन्सिल अफ रिसर्च, दिल्ली ९भारत० को भनाइअनुसार – ब्रेनस्ट्रोकको केशेजमा ४१ प्रतिशत ब्यक्तिको ज्यानको खतरा रहन्छ र ५९ प्रतिशत ब्यक्तिहरुमा शारीरिक या मानसिक दुर्बलताको आशंका भईरहन्छ । अटेकपछि ब्यक्ति हिडडुल गर्न असमर्थ हुन्छ । कसैलाई बोल्नमा कठिनाइ हुन्छ । दृष्टि ९नजर० मा धमिलोपन९आँखा नदेख्ने० आउनुका साथै ब्यक्तिको स्मरणशक्ति कमजोर हुनु । अर्धचेत अवस्थामा पुग्ने। एकातिरको पक्षघात हुने। कारण के हो भने मानव मस्तिष्कको प्रत्येक भागले भिन्ना–भिन्नै शारीरिक एवं मानसिक क्रियाहरुलार्इ संचालन गर्नुका साथै नियन्त्रण गर्ने काम पनि गर्दछ । सामान्यतया हाम्रो मस्तिष्कको वाँया हिस्सा९भाग० ले शरीरको दाहिने भागलाई र दायाँ हिस्साले शरीरको देब्रेभागलाई नियन्त्रित गर्दछ । ब्रेनस्ट्रोकको कारणले मस्तिष्कको जुन भाग प्रभावित भएको हुन्छ । त्यस भागसँग सम्बन्धित अगंहरुको सञ्चालमा बाधा पुग्छ । बोलचालको भाषामा यसैलाई लकवा या पैरालायिटिक अटेक भनिन्छ ।
बचाउन सम्भव छ ?
प्रायः मानिसहरु यो सोचेर भयभित भईहाल्छन कि ब्रेनस्ट्रोकको हमला अचानक हुन्छ । यसबाट बच्न असम्भब छ तर वास्तवमा त्यस्तो होइन । यसबाट बच्नको लागि स्वस्थ्यकर, सन्तुलित खानपान र नियमित ब्यायाम तथा योगाभ्यास गर्नुपर्दछ । शरीरको कोलेस्ट्रललार्इ नियन्त्रित राख्नु जरुरी छ किन भने खराब कोलेस्ट्रोलले मुटुको साथै मस्तिष्कको रक्तवाहिनी नलिलाई पनि साँगुरो बनाउने काम गर्दछ । यसैकारणले हार्टअटेक मात्र होईन कि ब्रेनस्ट्रोक हुने खतरा पनि बढछ । बर्षको एकपटक रुटिन हेल्थचेकअप अवश्य गराउनुपर्छ । मधुमेहका बिरामीहरुले बिशेष सावधानी अपनाउनु पर्नेहुन्छ । किनभने डायबिटिजका बिरामीको शरीरमा रक्तवाहिनी नलीहरु घुम्चिने प्रवृतिका हुन्छन । जो पछि गएर मस्तिष्कघात ९ब्रेनस्ट्रोक०लाई प्रभावित गर्नसक्छ ।
यस रोग बारे रहिआएको भ्रमः
केहि ब्यक्तिहरुमा एक किसिमको गलत धारणा रहेको छ कि एकपटक ब्रेनस्ट्रोक भएपछि ब्यक्ति सामान्यजीवन जिउन सक्दैन । तर बास्तवमा त्यस्तो होईन, यदि बिरामीले सहि समयमा उचित उपचार पायो भने उसको स्वास्थ्यमा सुधार सम्भव छ। अस्पतालबाट९सकंटकालिन० उपचार गराइ घर फर्किदा पनि रोगीलाई बिशेष हेरचाहको आवश्यकता हुन्छ । रोगको गंभिरता अनुरुप रोगीलाई मेडिकल कन्सलटेन्सीको अलावा स्ट्रोकको पोष्टइफेक्ट असर हटाउनको लागि फिजियोथिरापी, स्पिचथिरापी, होमियोप्याथी, काउन्सलिंग, आयुर्बेदिक मसाज आदिको पनि आवश्यकता पर्दछ । स्ट्रोकको आघातबाट भएको शारीरिक एवं मानसिक कष्टबाट बिरामीलाई बाहिर आउनमा धैरैसमय लाग्दछ । यसबाट रोगीमा डिप्रेशन र मानसिक तनाव हुन थाल्छ । यस्तो अवस्थामा घरपरिवारका सदस्यहरुको जिम्मेवारी हुन आऊछ कि –बिरामीलाई भावनात्मक सहयोग दिने र उसको मनोबल बढाउने कोशिश गर्नै । याद राख्नुस तपाइ, हाम्रो सेम्पथीले औषधिको भन्दा बढि काम गर्छ।
होमियोप्याथि चिकित्सा : स्ट्रोकका रोगीहरुको ऊपचारमा लक्षणअनुसार सफलता पुर्वक प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छनः
अर्धपक्षाघात को साथै आवाज पनि निस्किदैन यस अवस्थामा स् लेकेसिस, नाजा, औपियम, फासफोरस, आदि औषधिको प्रयोग लाभदायक हुन्छ । यसैगरी आखाँको दृष्टि लोप हुन गएमा जेल्सिमियम औषधिको प्रयोग लाभदायक हुन्छ । अन्य औषधिहरु पनि लक्षणअनुसार प्रयोग गर्न सकिन्छ । जस्तो– एकोनाइट, आर्निका, ग्लोनाईन, बेलाडोना, कस्टिकम, रसटक्स, फासफोरिकएसिड, बेरायटा म्युर आदी । उपरोक्त औषधिहरु आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सक सँगको परामर्श लिई प्रयोग गर्नु उचित हुन्छ ।- दैनिक खबर
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment