CLICK HERE

आफू मरेर अरुलाई बचाउने पाइलटको भावुक विदाइ मलामीले नारा नै लगाए, के के भयो दिनेशको विदाइमा

शुक्रबार कालिकोटमा काष्ठमण्डप एयरको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपानेको आइतबार अन्त्यष्टी गरिएको छ ।

आफ्नो ज्यान हत्केलामा राखेर प्राण त्याग्दै यात्रु बचाउने महान पाइलट दिनेशको विदाइमा हजारौं मलामी सहभागी भएका छन् । मलामीहरुले “साहसी क्याप्टेन अमर रहुन”, “महान पाइलट अमर रहुन” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
अन्तिम समय सम्म पनि यात्रु बचाउन संघर्ष गरेका पाइलट दिनेशको ककपिटमा छोपिएको शव देखिने दृष्य सार्वजनिक भएको थियो ।
उनले अन्तिम सम्म पनि आफू मरेर भएपनि यात्रुहरुलाई बचाउने बताएको समेत बाँचेका यात्रुहरुले बताएका छन् ।

विमानमा समस्या आएपछि पाइलट न्यौपानेले विमानलाई कालिकोट विमानस्थलमा आकश्मिक अवतरण गराउन चाहेका थिए । तर उनको योजना सफल भएन । विमानलाई खेतमै अवतरण गराउनु पर्‍यो ।

यात्रुलाई बचाउन दिनेश र सन्तोषले अन्तिम सम्म पनि प्रयास गरेको घटनाक्रमले देखाएको छ । चालक र सहचालकले आफ्नो बलिदान गरेर पनि यात्रुहरुलाई भने सुरक्षित राखेका थिए ।
सोही दुर्घटनामा निधन भएका अर्का को पाइलट सन्तोष रानाको भने यस अघी काठमाडौंमा अन्त्यष्टि गरिसकिएको छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment