CLICK HERE

यौन जिज्ञासा र समाधान ,कतै तपाई लाइ पनि यहाँ भने बमोजिम समस्या छ भने पढ्नुहोस

यो रोग त होइन ? म २० वर्षीया विवाहित महिला हुँ। श्रीमान्सँग सम्पर्क गर्दा उहाँको वीर्य झरेपछि मेरो योनि एकदम पोल्छ। यस्तो भएको तीन महिनाजति भयो। के कारणले यस्तो भएको हो ? यो रोग त होइन ?

किन पीडा भएको होला ? हामीलाई थाहै छ, यौनसम्पर्क एक आनन्ददायक क्रियाकलाप हो। सम्भवतः यौन सम्पर्कबाट नै मानवले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द प्राप्त गर्छ। असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नाम पनि यौनसम्पर्कको आनन्दसँग जोडिएका छन्, तर सबै यौनसम्पर्क सुखमय नहुन सक्छन्, त्यसैले यौनसम्पर्क किन पीडायुक्त हुन्छ भन्ने विषयमा केही कुरा गरौं। योनि सुख्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पीडा हुन्छ र यौनसम्पर्कपछि पोल्ने हुन सक्छ। तपाईंको सन्देशमा पर्याप्त जानकारी नभएकाले यसै भन्न सकिने स्थिति भएन। पर्याप्त मात्रामा यौन उत्तेजना नभएको स्थितिमा योनि रस नै आएको हुँदैन। यस्तो स्थितिमा यौनसम्पर्कको घर्षणले पोल्ने समस्या हुन्छ। यौनसम्पर्कका दौरान त्यतातिर ध्यान नगएको हुन सक्छ, तर सम्पर्क सकिएपछि पोलेको अनुभव हुनसक्छ। योनिशो थका कारण यो समस्या थपिन सक्छ। अनावश्यक रूपमा धेरै डुस दिएर योनि सफा गर्ने बानी, केही हार्मोनयुक्त औषधीको प्रयोग, योनिमा चोटपटक (नङ, अन्य वस्तुवाट वा यौनसम्पर्ककै कारणले हुने) पनि यसको कारण हुन सक्छ। तपाईंको आफ्नो यौन तथा यौनिकताप्रतिको धारणा स्पष्ट पार्नुभएको छैन। कतिपय स्थितिमा मानसिक कारणले यस्तो पीडा अनुभव हुने सम्भावना पनि छ। यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ। विशेष गरेर भयातुर वा डर भएका कारणले यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचित र कडा हुन्छ। यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा पीडा हुनसक्छ। आशा गर्छु, त्यस्तो केही छैन। यौनसम्पर्क राख्दा महिलाहरूमा पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ। योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्म जीवबाट हुन सक्छ। यसले गर्दा योनि शोथ गराउन सक्छ। यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउँछ। त्यसबाहेक यौनरोग हुने सम्भावना पनि त्यत्तिकै छ। तपाईंले त्यस्तो लक्षणका बारेमा केही लेख्नुभएको छैन। शंका भए श्रीमान्-श्रीमती दुवैको परीक्षण तथा उपचार एकसाथ गर्नुपर्छ।



के तपाईंको समस्या वीर्यको एलर्जीले हो ? कन्डम प्रयोग गर्दा यस्तो पोल्ने नहुने तर योनिमा वीर्य स्लखन हुँदा यस्तो समस्या हुन्छ भने त्यो ‘वीर्यको एलर्जी’ को कारणले हुन सक्छ। यसरी वीर्य स्खलनपछि योनि पोल्ने समस्या विरलै (एक प्रतिशत) मात्र हुन्छ। त्यसो भए पनि यस्तो समस्या भएका महिलालाई निकै असहज हुनसक्छ, शारीरिक तथा मानसिक रूपमा। कसैकसैले त यौनसम्पर्कपछि केही घण्टासम्मै यस्तो असजिलो परिस्थति बेहोर्नुपर्छ। तपाईलाई थाहै होला, ‘वीर्य’ तपाईंको शरीरका लागि बाह्य वस्तु हो। बाह्य वस्तु शरीरमा प्रवेश गरेपछि त्यसले शरीरमा केही परिवर्तन ल्याउँछ नै। तपाईंको सन्दर्भमा तपाईंको योनिको वातावरणलाई केही नै भए पनि परिवर्तन गर्छ। यस्तो कुराले योनिशोथलाई बढावा दिन सक्छ। तपाईंले तीन महिनादेखि समस्या भयो भन्नुभएको छ, जसको अर्थ पहिले हुँदैनथ्यो भन्ने बुझिन्छ। यस्तो परिस्थितिमा यौन क्रियाकलापमा केही परिवर्तन भएका छन् कि त्यो पनि विचार गर्नुहोला, जस्तै कि कन्डमको नियमित प्रयोग छोड्नुभएको वा पर्याप्त पाक्क्रीडा नगरी यौनसम्पर्क गर्ने गरेको वा कुनै हार्मोनयुक्त वा अन्य औषधीको सेवनले योनि बढी सुख्खा हुने स्थिति आएको छ कि ?

वीर्यको एलर्जीका लागि के गर्ने ? समयावधि वा तीव्रता वीर्यको सम्पर्कमा आएको केही बेरपछि पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुनसक्छ। हुन त वीयर् मा भएको कुनै पनि प्रोटिनको एलर्जी हुन सक्छ। वीर्यको एलर्जी भन्नाले बुझिन्छ। यो समस्या यस्तै एक प्रतिशतजति जोडीमा हुने देखिएको छ। वीर्यको एलर्जी वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि हुन सक्छ। श्रीमान्को वीर्य यसरी अन्य अङ्गमा पर्दा पनि त्यस एलर्जी हुने समस्या छ कि छैन, नलेख्नुभए पनि पक्कै तपाईंलाई थाह होला। त्यस्तो हो भने तपाईंको समस्या वीयर् को एलर्जीले सिर्जना गरेको हो भन्न सकिने बलियो आधार रहन्छ। समाधानका लागि वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थितिलाई कम गर्नु हो। त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सीधै योनिमा पर्ने गरी नगरे समस्या कम गर्न सजिलो हुन्छ। यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो। तपाईंलाई थाहै होला, कन्डमले यौनरोगका साथसाथै गर्भनिरोधको काम पनि गर्छ। सम्पर्कको समय कम गर्न त्यसबाहेक योनिको बाहिर, अनुहार, हात वा तिघ्रा जता वीर्य परेको भए पनि नरम हाते रुमाल वा सानो कपडाले त्यसलाई तुरुन्त पुछ्नु सहयोगी हुन्छ।

यौन मनोविज्ञान म २४ वर्षीय अविवाहित पुरुष हुँ। मेरो काँधमा तीन जना भाइबैनीको जिम्मेवारी छ। आमा-बुवा पहाडमा खेती किसानी गर्नुहुन्छ। हामी चार जना काठमाडौंमा बसेर पढ्छौ। यही कारणले मैले कमाउनुपर्ने बाध्यता पनि छ। मेरो मुख्य समस्या भनेको म युवतीसँग संगत गर्न चाहन्छु। यद्यपि मसँगको संगत लामो समय कायम हुन सक्दैन। घरभित्र असल दाइको भूमिका निर्वाह गर्ने म बाहिर किन असल प्रेमी हुन नसकेको होला भन्ने पीरले भित्रभित्रै छट्पटिन्छु। मैले आफ्नो सबै पारिवारिक विवरण दिने भएकाले उनीहरू मसँग टाढिएका हुन् कि ? म तन्नेरी युवक भएकाले युवतीहरू मबाट प्रेम र यौनका केही क्रियाकलाप चाहने तर म त्यसो गर्न नचाहने किसिमको व्यक्ति भएकाले टाढिएका हुन् कि ? वा मैले युवतीको मनोविज्ञान बुझ्न नसकेकाले यसो भएको हो कि ? मेरो समस्यामा तपाईंको राय जान्न चाहन्छु।

एन.आर सामान्यतः मानिसहरू आफ्नो स्वाभाव जस्तो छ, अरूबाट पनि त्यही किसिमको स्वाभावको इच्छा राख्छन्। आफूले सम्मान चाहन्छन् भने अरूलाई सम्मान दिन्छन् अर्थात् सम्मान चाहने मानिसले अरूलाई पनि सम्मान गर्न जानेको हुन्छ। यो मानिसहरूको प्राकृतिक स्वाभाव हो। यसका लागि महिलालाई अझ बढी उपयुक्त उदाहरण भन्दा हुन्छ। महिलाहरू भावनामा मात्र होइन, शब्दमा पनि आफ्नो श्रीमान्लाई सम्मान गरिरहेका हुन्छन। यस्तै व्यवहार उनीहरू आफ्नो श्रीमान्बाट पनि चाहिरहेका हुन्छन्, तर धेरैजसो श्रीमान् आफूले मनैदेखि माया गरिरहेको छु भने बढी पुलपुल्याउने काम किन गरूँ भन्ने स्वभावका हुन्छन् र यस्तो स्वाभावको आपसमा सञ्चार नहुँदा कहिलेकाहीं श्रीमान्-श्रीमतीबीच सामान्य खटपट हुन्छ। सम्बन्धका आयामहरूको अध्ययन गरिरहेका विज्ञहरूको पनि यसमा फरक राय नै छ। यससम्बन्धी अध्ययन गरिरहेका विज्ञ रवि आर्यका अनुसार महिलाहरूसँगको सम्बन्धमा तीनवटा पाटा छन्। उनीहरू माया, महत्व र प्रशंसा तीन चीजका भोका हुन्छन्। उनीहरू यी तीनै चीजका खानी पनि हुन्। तीनै चीज दिन चाहने र लिन पनि चाहने भएकाले प्रेमीहरू, श्रीमान्हरूले यसलाई बुझेर त्यसै अनुसारको व्यवहार गर्नु श्रेयष्कर हुन्छ। यहाँसम्म कि पुरानै प्रशंसा दोहोर्‍याए पनि उनीहरूलाई पर्याप्त हुन्छ। सधैं नयाँ र मौलिक प्रशंसा नै हुनुपर्छ भन्ने छैन। मार्क न्याप र अनिता भ्याङलिस्टीजस्ता सम्बन्धका विज्ञहरूले पनि यसलाई स्वीकारेका छन् र भनेका छन, जोडीहरू प्रारम्भतिर आपसमा प्रशंसामा डुबुल्की मार्छन्। यो केही वर्षसम्म जारी रहन्छ र सम्बन्ध पनि प्रगाढ रहन्छ, तर बिस्तारै महत्व घट्ने, प्रशंसा र माया पनि घटे जस्तो महसुस हुन थालेपछि सम्बन्ध बिग्रन थाल्छ। यस्ता थुप्रै घटनाका उदाहरण दिन सकिन्छ। तपाईंको समस्या सुन्दा तपाईं बाहिरजस्तै अथवा अरूसँग जस्तै प्रेमिकासँग पनि कसरी परिपक्व सम्बन्ध बनाऊँ भनेर चिन्तित हुनुभएको बुझ्न सकिन्छ। प्रेमिकासँगको सम्बन्धमा पनि तपाईं आफू निपूर्ण हुन चाहनुहुन्छ भन्ने स्पष्ट हुन्छ। बाहिरी अन्य सम्बन्ध र प्रेमिकासँगको सम्बन्ध फरक कुरा हुन्। त्यसैले यसमा फरक ढंगले व्यवहार गर्नुपर्ने हुन्छ। प्रेमिकासँगको यौनसम्बन्धको कुरा गर्न खोज्नुभएको हो भने यसका लागि आपसमा बसेर कुराकानी गर्नुपर्ने हुन्छ। प्रेमिका यौनसम्बन्धका बारेमा सकारात्मक छिन् भने खुलेर कुरा गर्न सक्नुहुन्छ। यहाँ त तपाईंको संगतमा आउनेहरू नै त्यस्तो चाहना राख्ने हुन् कि भनेर तपाईले शंका गर्नुभएको छ। त्यस्तो हुन पनि सक्छ र तपाईंको शंका मात्र पनि हुन सक्छ। तपाईंको र उनीहरूको स्वभाव मेल खान नसकेकाले यस्तो भएको हुनुपर्छ। अर्को कुरा, पारदर्शी रूपमा कुरा गर्नेलाई जसले पनि मन पराउँछ। यसमा पनि तपाईंको अनावश्यक शंका देखिन्छ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment