CLICK HERE

अब कण्डमको विकल्प सुई, एक पटक लगाउँदा वर्षभरी काम गर्ने

पुरुषले प्रयोग गर्ने परिवार नियोजनको एकमात्र अस्थाई साधन कण्डमको विकल्पमा नयाँ साधनको विकास भएको छ ।

सोधकर्ताहरुले तयार पारेको सुई पुरुषको परिवार नियोजनको नयाँ अस्थाई साधन हो । यो सुई लगाएपछि एक वर्षसम्म काम गर्ने सोधकर्ताहरुको भनाई छ ।


पुरुषलाई परिवार नियोजनका लागि प्रयोग गरिने अस्थायी साधन कण्डमको विकल्प थिएन । त्यसमा पनि कण्डम लगाई गरेको यौन सम्पर्कबाट विश्वभर एक वर्षमा १८ प्रतिशत महिला गर्भवती हुने गरेका छन् ।

सोधकर्ताहरुले गरेको अध्ययनका क्रममा उक्त सुई लगाएपछि एक वर्षसम्म परिवार नियोजनको काम हुने पत्ता लागेको हो ।

अमेरिकाको शिकागोस्थित इलीनोइस विश्वविद्यालयका प्रोफेसर डोनाल्ड वाल्लरका अनुसार खरगोशमा गरिएको अनुसन्धानका क्रममा यो पुष्टि हुन्छ कि उक्त सुई पुरुषका लागि परिवार नियोजनको भरपर्दो र महत्वपूर्ण साधन बन्न सक्छ ।

उक्त सुईको अमेरिकी एक गैरसरकारी संस्था पारसेमस फाउण्डेसनले विकास गरेको हो ।

उक्त सुईंको मानिसमा पनि चाँडै परीक्षण गरिने छ । फाउण्डेसनका कार्यकारी निर्देशक इलेन लिसनेरका अनुसार गर्भनिरोधक सामानको विकास गर्न एउटा महंगो परियोजना छ तर, हामीले यसमा सफलता प्राप्त गरेका छौं ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment