मलाई त आफू निकै ठूली भइसकेँ जस्तो लाग्छ। तर ममीले भन्नुभएको मेरो उमेर १४ वर्षमात्रै हो रे। घरबाट साथीहरूको लहैलहैमा सानैमा भागेर आएँ।
यहाँ एउटी महिलाको घरमा काम गर्न बसेँ। त्यहाँ पनि मलाई निकै दु:ख दिए। नयाँ बसपार्कको सुकुम्बारी स्कुलमा पढ्न त हालिदिए तर कम्प्युटरको फिस र कापीकलम केही नकिनी दिएपछि मैले विद्यालय जान छाडेँ।
मैले ती महिलालाई कि त गाउँ जान देऊ कि मलाई छाडिदेऊ भन्दा उनले मेरो लुगा नै लुकाइदिइन्। त्यसपछि म त्यो घरबाट भागेँ। त्यसपछि मैले दुई महिना जति ज्यामी काम गरेँ। तर धेरै गर्न सकिनँ।
एक दिन बाटोमै भेटिएकी एउटी दिदीले मलाई डान्सबारमा काम लगाइदिन्छु भनेर सुन्धारा लगिन्। त्यहाँ नाच्न जानुअगाडि नै निकै मेकअप गरेर सजिनु पर्थ्यो।
काम गर्दै जाने क्रममा हातको औंला चाउरी परे पनि औषधि लगाइदिन्थे, डन्डिफोर आए औषधि लगाइदिन्थे। यसले दुईतीन दिनसम्म राम्रो बनाए पनि फेरि उस्तै हुन्थ्यो। काम गरेको तलब पाँच हजारमात्रै थियो। तर त्यही पनि साहूले दिँदैनथे।
हामीलाई निकै छोटोछोटो लुगा प्राय: जसो ब्रा र पेन्टीमात्रै लगाएर नाच्न लगाउँथे। डान्सबारमा आउने बूढी महिलाले हामीलाई धेरै थरी औषधि खान दिन्थिन्। त्यो खाएपछि हामी लठ्ठ पर्थ्यौ।
उनले दिने गोलो रातो सानो औषधि खाए पछि भने हाम्रो धेरै रगत बग्थ्यो। खोइ किन हो कुन्नि रगत बगेपछि हात खुट्टा जीउ सबै फुल्थ्यो, अनि झन् राम्री देखिन्थ्यौं। कहिले भने औषधि खाएपछि कति दिनसम्म महिनावारी नै हुन्थेन।
पछिपछि त एकदुई प्याक रक्सी, गाँजा वा हुक्का तानेर नाच्न थालेपछि हामीलाई सुर नै हुने थिएन। कति पटक त सावर डान्स पनि गर्नुपर्थ्यो।
पातलो लुगा लगाएर पानीको फोहोरामा नाच्दानाच्दै कुन ग्राहकले कहाँ लैजान्थ्यो पत्तै हुँदैनथ्यो। ग्राहकले लगेर रातभरि हामीसँग कति पटक सेक्स गथ्र्यो, त्यो हामीलाई पत्तै हुने थिएन। तिनै ग्राहक जाने बेलामा पैसा फ्याकेर जान्थे।
मेरो साथमा २०/२५ हजार हुन्थ्यो। पर्समा राखे हराउने डरले भोलिपल्ट स्टेजमा जाँदा जीउमै लुकाएर जान्थेँ। तर स्टेजमा दिनहुँ बत्ती झ्याप्प जाँदा त्यो पैसा कसले चोरिदिन्थ्यो, थाहै पाइँदैनथ्यो।
दिनमा कसमेकम पाँच/दस हजार त कमाइ हुन्थ्यो। तर साथमा रहने बेलामा एकदुई सयमात्रै रहन्थ्यो। अरू सबै हराउँथ्यो।
सुन्धारामा मैले काम गर्ने गरेको डान्सबारमा दिनहुँ एउटा प्रहरी आउँथ्यो। हेर्दा पुड्केपुड्के तामाङ थरका ती प्रहरीले यो बारमा मेरो पनि लगानी छ, मैले भनेको मानिनस् भने निकालिदिन्छु भनेर सधैं धम्क्याउँथ्यो।
मलाई थुप्रै साथीहरूले त्यसको कुरा नपत्याऊ, त्योसँग नलाग, त्यसले धेरैलाई दु:ख दिइसकेको छ भनेका थिए। तर उसले रातदिन फोन गरेको गर्यै गर्ने। ‘म
मुटुको बिरामी हुँ मलाई भेटिनौं’ भने मर्छु भनेर जालमा पार्यो। उसले गर्दा एउटा सानी केटीले बच्चा फालिसकेकी रहेछ। अनि मेरै साथीको पेटमा पनि बच्चा आइसकेको रहेछ।
एकदिन भद्रकाली मन्दिरमा लगेर ‘म तिमीलाई प्रेम गर्छु विवाह गर्छु’ भनेर रुँदै धेरै कसम खायो। मेरो बूढी छैन भनेर ढाँटेको थियो।
तर उसको बूढीले उसको बानी व्यवहारदेखि दिक्क भएर छाडिसकेकी रहेछिन्। मेरो कलंकीमा तीनवटा घर छन्। बुबा मन्त्रीको गाडी चलाउनुहुन्छ। आमासँग तिमीलाई भेटाइदिउला भन्थ्यो। उसका मीठा कुरामा म फसेँ।
भद्रकालीबाट साँझमा मलाई एक घन्टा मोटरसाइकलमा त्यतैतिर घुमाएर सुन्धाराको गेस्ट हाउसमा लग्यो। म त्यहाँ छुट्टै सुत्छुभन्दा पनि नमानेर अनेक बहाना गर्दै मसँग सेक्स गरेरै छाड्यो।
त्यहाँ बसेको खर्च मलाई नै तिरायो। त्यो रातको नांगो भिडियो बनाएर उसले मलाई थुप्रै पटक यौन सेक्सको लागि बाध्य बनायो। उसले मभन्दा अगाडि पनि २५ जनाभन्दा बढी केटीलाई यस्तै भिडियो देखाएर जबर्जस्ती गरिसकेको रहेछ।
सुन्धाराको डान्स बारमा आउँदा पनि प्रहरीकै ड्रेस लगाएर आउँथ्यो। अनि लुगा फुकालेर नाच्न आउँथ्यो। नाच्दा पनि जीउभरि टोक्दै, सेक्सका विभिन्न पोजमा बसेझैं गरी नाच्न आउने।
अरूको अगाडि लाजै मर्नु हुन्थ्यो अनि जीउभरि टोकेको नील डाम बस्थ्यो। मैले कामकै क्रममा धेरैसँग सम्बन्ध राखेँ। तर उसँग रात बिताएपछि दुई/तीन दिनसम्म शरीर निकै गलेर आलसतालस हुन्थ्यो।
बिहान उठ्दा ओछ्यानमा रगतले भिजेको हुन्थ्यो। भोलिपल्टसम्म पनि रगत निकै बग्थ्यो। अनि कपाल भुत्लाए झैं र जीउभरि कुटेको जस्तै गरी दुख्थ्यो।
पछि पनि आधा रातमै फोन गरेर सुत्न दिने थिएन। ‘तँ नआए म मर्छु, पागल हुन्छु म मुटुको बिरामी’ भनेर मलाई सधैं ब्ल्याकमेल गरिरहन्थ्यो। साह्रै भएपछि मैले मोबाइलको सिमकार्ड नै फेरेँ।
यसैबीचमा म निकै बिरामी भएँ। ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्नेदेखि तीन महिनासम्म महिनावारी पनि भएन। मेरो यौनांगमा पनि चिलाउने, पोल्ने र घाउ खटिरा आयो। थोरै गाँजा किन्न पनि धेरै पैसा लाग्ने। मेकअपको लागि उत्तिकै खर्च हुन्थ्यो। काम नगरी बाँच्न सकिने थिएन।
डान्सकै लागि भारत लैजान्छु भनेर मलाई कतिले भनेका थिए। तर साथीहरूले ‘तँ फस्छेस् नजा’ भनेपछि म गइनँ।
एक दिन दुईवटा केटाहरूले डान्सको लागि धनगढी लैजाने भन्दै निकै राम्राराम्रा लुगाहरू देखाए। मेरो लागि दुई जोर लेहेंगा, तीनवटा लङ ड्रेस, दुइ जोर सिन्के हिल ल्याइदिएका थिए।
हामीलाई निकै छोटोछोटो लुगा प्राय: जसो ब्रा र पेन्टीमात्रै लगाएर नाच्न लगाउँथे। डान्सबारमा आउने बूढी महिलाले हामीलाई धेरै थरी औषधि खान दिन्थिन्। त्यो खाएपछि हामी लठ्ठ पर्थ्यौ।
तर बाटैमा पुलिसले पक्रेपछि केही साथीहरूले लुगा लिएर भागे, जुत्ताले घोच्यो भनेर पुलिसले फालिदियो। मलाई चाहिँ माइती नेपालमा ल्याएर बुझाइदियो।
यहाँ आएपछि पनि म आफ्नो विगतलाई सम्झेर १५ दिनसम्म रोएँ। यहाँका म्याडमहरूसँग बोल्दा वाक्यको सुरुमै सधैं अपशब्द बोलिन्थ्यो। निकै फोहोरी शब्दहरू सामान्य झैं लाग्थ्यो।
तर दिन बित्दै जाँदा यहाँको माहोलमा आफूलाई भिजाउँदै लगेँ। आफ्नो विगतलाई सम्झँदा आफूलाई नै घृणा र पछुतो लाग्छ। गाउँबाट मेरो ममीबाबा पनि आएर भेट्नुभयो। पहिले मैले एक वर्षसम्म त घरमा फोन नै गरिनँ।
ममीले खोज्न आउँदा पनि यसो पैसा दिए जसो गरेर पठाइदिन्थेँ। यही बस्ने दाजुहरूसँग कति पटक भेट हुन्थ्यो। तर हामी पाइन्ट टिसर्टमा सिन्के हिल अनि अनुहारमा मास्क र चस्मा लगाएर हिँड्ने हुँदा कसैले चिन्ने थिएनन्।
पहिले बाबाममीको खोजी नै हुने थिएन। तर अहिले खोज्न मन लाग्छ, उहाँहरूसँग बोल्न मन लाग्छ। जीवनमा एउटा नयाँ उत्साह पलाएको छ।
कामको क्रममा सौन्दर्यमै निकै पैसा सकाएकोले ब्युटिसियनको तालिम लिएर एउटा राम्रो ब्युटिसियनको रूपमा स्वदेशमा मात्रै नभई विदेशमा पनि काम गर्ने मेरो चाहना छ।hamrosendesh
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment