एक युवती हरेक दिनजसो बारमा जान्थिन् । कुनै अपरिचित पुरुषसँग कुराकानी गर्थिन् । त्यसको केही समयपछि उनी त्यही पुरुषसँग ओछ्यानमा हुन्थिन् । यस्तो अजीवको दैनिकी भएकी युवती थिइन्– ब्रिटेनकी सेई कोलाड । उनको यो दैनिकी केही दिन या महिनाको मात्र होइन । १३ वर्षसम्म यस्तो दैनिकी कायम गरिन् उनले ।अहिले ३५ वर्ष भइसकेकी सेईलाई १७ वर्षको उमेरदेखि नै यौनको लत लागेको थियो । त्यसैवेलादेखि उनले विभिन्न पुरुषसँग सम्बन्ध राख्न थालिन् । १९ वर्षको उमेरसम्ममा सेईले ४० पुरुषसँग शारीरिक सम्बन्ध राखिसकेकी थिइन् । आफूले जीवनमा तीन सय ७० पुरुषसँग यौनसम्बन्ध राखिसकेको उनी बताउँछिन् ।त्यसो त कुमारित्व गुमाउँदा उनी मात्र १३ वर्षकी थिइन् ।
उनी भन्छिन्, ‘त्यसैवेला म गर्भवती भएँ । त्यसले मलाई निकै चिन्तित बनायो । आखिर १४ वर्षको उमेरमै मैले छोरी जन्माएँ । मेरो समय निकै खराब हुन थाल्यो ।’
छोरी जन्मेको ६ हप्तापछि सामाजिक संगठनले हेरचाहमा मद्दत त गरे, तर सानै उमेरमा आमा बनेपछि उनको बालापन नै गुम्यो । त्यसमाथि उनी परिवारसँग बस्ने वातावरण
बन्न सकेन । त्यसैले १६ वर्षको उमेरमा छोरी साराका साथ उनले घर छाडिन् । तर, छोरीले मात्र उनको एक्लोपना हटेन । त्यसले उनलाई निकै दुस्खी बनायो ।
एक्लोपनाबाट मुक्त हुने बाटो खोज्दै एउटा हाउजिङ सोसाइटीमा बस्न पुग्दा उनको उमेर १७ वर्षको थियो । त्यहाँ सेईले ३१ वर्षीय पल भेटिन् र उनलाई ब्वाइफ्रेन्ड बनाइन् ।
आफ्नो एक्लोपनाको अन्त्य हुने विश्वासमा पलसँग यौनसम्बन्ध राख्न थालिन् । तर, पनि उनको एक्लोपना हराएन । सेई भन्छिन्, ‘मलाई अत्यधिक सेक्सको आवश्यकता पथ्र्यो
। सेक्सले मात्रै राहत महसुस हुन्थ्यो । जब सेक्स गर्न पाउँदैनथेँ, आत्मविश्वास नै गुमाउँथेँ । त्यसले मलाई दुस्खी र ‘डिप्रेस्ड’ बनाउँथ्यो । त्यसैले म छिटोभन्दा छिटो सेक्स
गर्न चाहन्थेँ ।’
त्यसपछि उनी पललाई झुक्याएर हप्तामा एकपटक पब जान थालिन् । उनी त्यहाँ भेटिएका अपरिचितसँग सम्बन्ध बनाएर यौनसम्बन्ध राख्थिन् । पछि त यस्तो सिलसिला बढ्न
थाल्यो । यसबीचमा उनले ब्वाइफ्रेन्डसँग बफादार हुने निकै कोसिस त गरिन् । तर, उनलाई दिनमा चारदेखि पाँचपटकसम्म सेक्स गर्ने लत लागिसकेको थियो । उनको
ब्वाइफ्रेन्डबाट त्यो सम्भव थिएन ।
त्यसैले जब उनी ‘सेक्सुअल फ्रस्टेसन’ महसुस गर्थिन्, तब बाहिर गएर आफ्नो प्यास मेटाउँथिन् । यसरी उनले ब्वाइफ्रेन्डलाई निकैपटक धोका दिइन् । त्यसबीचमा उनी गर्भवती
बनिन् ।
त्यसले उनलाई दुखी बनायो । किनकि, उनी अर्को बच्चाको हेरचाह गर्न सक्ने अवस्थामा थिइनन् । त्यसैले उनले गर्भपतन गर्ने निर्णय लिइन् । उनलाई त्यो बच्चा कसको हो
भन्ने पनि थाहा थिएन । त्यसैले पललाई पनि बताइनन् ।
उनी त्यसवेलासम्म चाहन्थिन् कि पलसँगको सम्बन्ध कायम रहिरहोस् । तर, त्यो सम्भव भएन र उनीहरूले अलग हुने फैसला गरे । त्यसवेला उनी १९ वर्षकी भएकी थिइन् ।
सेई भन्छिन्, ‘सेक्स एडिक्सनले मलाई बेहोसी नै बनाउँथ्यो । मेरो एक्लोपनाको उपचार सिर्फ सेक्स थियो ।’ उनले बताएअनुसार जतिखेर चाह्यो त्यतिखेर सेक्सका लागि
उपस्थित हुने पाँचजना पुरुष उनको सम्पर्कमा थिए ।
त्यसका साथै उनले धेरै अपरिचितसँग यौनसम्बन्ध बनाइन् । उनी बारमा जान्थिन् । त्यहाँ भेटिएको कुनै पुरुषलाई नजिक बनाउँथिन् र यौनको प्रस्ताव राख्थिन् । उनी यौनकलामा
पोख्त थिइन् । त्यसले उनको यौनसाथी पनि सन्तुष्ट हुन्थे ।
उनी हरेक रात बाहिर जान्थिन् । त्यसवेला छोरीलाई घरमा थुनेर राख्थिन् । उनको दिमागमा केवल यौन मात्रै आउँथ्यो । २२ देखि ३० वर्षको उमेरबीच उनको जिन्दगी यसरी नै
चल्यो ।
त्यस अवधिमा उनको जीवन लथालिंग र बदनाम भइसकेको थियो । उनमा यौनलत नराम्ररी हाबी भइसकेको थियो । उनी हप्तामा पाँचदेखि ६ जनासँग सम्बन्ध राख्थिन् ।
२६ वर्षको उमेरमा उनी फेरि गर्भवती भएकी थिइन्, तर गर्भपतन गराइन् । त्यसपछिका दिनमा उनी कुनै पनि पुरुषका साथ जान्थिन् । पहिले रक्सी पिउँथिन् अनि यौनसम्बन्ध
राख्थिन् ।
त्यसैबीचमा उनले म्यानेजमेन्ट कन्सल्टेन्टको काम पनि गरिन् । तर, उनी आफैँ अचम्ममा पर्छिन् र भन्छिन्, ‘त्यसवेला मैले कसरी काम गरेँ होला ?’ किनकि, उनलाई जब
यौनको भोक लाग्थ्यो, बिरामी नै पर्थिन् र अफिस पनि जाँदिनथिन् ।
उनले आफ्ना कैयौँ सहकर्मीका साथ पनि यौनसम्बन्ध राखिन् ।
उनी २९ वर्षको हुँदा घरको भाडा तिर्न नसकेर निकालिइइन् । त्यसवेलासम्म छोरीलाई पनि उनीबाट अलग्याएर परिवारका साथ पठाइसकिएको थियो । तर, त्यसपछि उनको जीवनमा
यस्तो घटना भयो, जसले उनको जिन्दगी बदल्यो । सेई बताउँछिन्, ‘म एउटा साथीको घरमा बसेकी थिएँ । त्यहाँ ‘द सिक्रेट’ नामको डकुमेन्ट्री हेर्ने मौका पाएँ । त्यसमा यौनको
लतबारे बताइएको थियो ।
त्यसपछि मैले आफूमा साँच्चै समस्या रहेको थाहा पाएँ ।’ त्यसपछि उनलाई लाग्यो, आफ्नो यौन लत छुटाउन जरुरी छ । सेईले यौन लतको भासबाट उत्रिनेबारे त्यसअघि कहिल्यै
सोचेकी थिइनन् । त्यो लतबाट छुटकारा पाउन सक्छु भन्ने थाहा पाउँदा उनी ३० वर्षकी भइसकेकी थिइन् । त्यसवेलासम्म उनको हालत निकै नराम्रो भइसकेको थियो । त्यसैले
पनि उनलाई सहयोगको आवश्यकता थियो ।
त्यसमा उनको साथीको सहयोग मिल्यो । र, पछिल्लो चार वर्षमा सेईको जीवन निकै बदलिसकेको छ । यस अवधिमा उनी यौनको लत छुटाउन दिइने कैयौँ प्रशिक्षणमा सहभागी
भइसकेकी छिन् ।
त्यसका लागि १२ चरणको कार्यक्रममा पनि सामेल भइन् । उनी अहिले चार वर्षभित्र आफूमा आएको परिवर्तन ‘सेलिब्रेट’ गरिरहेकी छिन् । सेई भन्छिन्, ‘मलाई सेक्सको यस्तो लत लागेको थियो कि विनापुरुष सुत्न नै सक्दिनथेँ । तर, पछिल्लो चार वर्ष उनको यस्तो लत रोकिएको छ ।
उनले त सोचेकी पनि थिइनन्– उनी यो लतबाट मुक्त हुन्छिन् भनेर । यस अवधिमा कैयौँपटक सेक्सको तल–तल लागे पनि उनले सेक्स गरिनन् । त्यसपछि त बिस्तारै उनी लतबाट मुक्त हुँदै गइन् । अहिले त उनी सामान्य जीवन बाँचिरहेकी छिन् ।
Home / Uncategories / दैनिक ५ पटक सेक्स गर्दा मात्र राहत महशुस गर्ने युवतीको सेक्स भिडियो सार्बजनिक (भिडियो + 16 उमेरकाले मात्र हेर्नु हेर्नुहोला)
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment