चम्किलो छालाका लागि फलफूल् तथा सागपातको पर्याप्त सेवन गर्नुस । अध्ययन अनुसार फलफूल् तथा सागपातको प्रसस्त सेवनले मानिसको छालालाई स्वस्थ तथा आकर्षक बनाउन सहयोग गर्छ।

- गम्भीर मुद्रा र भद्र स्वभाव : मुस्कुराइरहने पुरुष भन्दा अलि भद्र तथा गम्भीर स्वभावका पुरुषहरु महिलाको रोजाइमा पर्छन्। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका शोधकर्ताहरुका अनुसार खुसी तथा मुस्कान पुरुषहरुको सबैभन्दा कम आकर्षक गुण हो।
- त्यसोभए हल्का भइदिनुस् : क्षणिक सम्बन्ध चाहनुभएको हो ? यो भन्दा अप्ठेरो लाग्छ। तर यदि कुनै महिला छोटो समय वा एक रातको सम्बन्ध चाहन्छन् भने उनीहरु हल्का तथा एक प्रकारले मूर्ख बनिदिनुपर्छ, तबमात्र उनीहरुलाई पुरुषहरुले झ्वाट्टै आँखा लगाइहाल्छन्।
-दाह्री खौरिनुहोस् : महिलाका लागि आकर्षक बन्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाह्री खौरिनुहोस्। अक्सफोर्ड जर्नलमा छापिएको शोध अनुसार महिलाहरु झुस्स दाह्री भएको अनुहारवाला पुरुषलाई कम आकर्षक ठान्छन्।
- रातो लिपस्टिक लगाउनुहोस् : अध्ययन अनुसार महिलाको सरीरको सबैभन्दा आकर्षक अंग उनको ओठ नै हो र ओठमा रातो रंगको लाली लगाएका महिलाहरु पुरुषलाई कामोत्तेजक लाग्छन् ।
- सरप्राइज दिनुहोस् : एक अध्ययन अनुसार आफुलाई कुनै पुरुषले कति धेरै मन पराउँछ वा आफुप्रति कति धेरै आशक्त छ भन्ने कुराको थाहा नहुन्जेल कुनै पनि महिलाले उक्त पुरुषलाई बढि आकर्षक ठान्छिन्, जति त्यस्तो कुरा थाहा पाएपछि ठान्नेछिन्।
- टी लेखेको टिसर्ट लगाउनुहोस् : वास्तवमा यो कुनै मनगढन्ते कुरा होइन। बेलायतको नटिंघम ट्रेन्ट विश्वविद्यालयका शोधकर्ताहरुले अगाडि पट्टि ठूलो आकारको टी अक्षर प्रिन्ट भएको टिसर्ट लगाउने पुरुषहरु महिलाका लागि बढि आकर्षक बन्दछन्। यस्तो टिसर्टले महिलामा केही भ्रम सिर्जना गर्छ, जस्तै छाति चौडा देखाउँछ, कम्मर सानो देखाउँछ तथा भी सेपको सेक्सी फिगर देखाइदिन्छ। यस्तो विशेषतायुक्त पुरुष महिलाको रोजाइमा पर्छन्। उल्टो टी लेखेको टिसर्ट लगाएका पुरुषहरु त्यसको विपरित भने महिलाको आकर्षणमा नपर्ने अध्ययनले देखाएको छ।
- अलि तिखो बोली बोल्नुस् : यो कुरा महिलाको हकमा लागु हुन्छ। आफुले मन पराएको युवकलाई आफुतर्फ आकषिर्त गर्नका लागि महिलाहरुले आफ्नो आवाजको तिखोपना केही बढाउनुपर्ने हुन्छ। बढि तिखो बोली हुने महिलाको जिउ कम भद्दा हुने विश्वास पुरुषहरुमा हुने भएकाले महिलाहरुको आकर्षणमा वृद्धि हुने युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले बताएका छन्।
- गहिरो स्वास लिनुहोस् र रिल्याक्स गर्नुहोस् : तनाव लिने पुरुषहरुलाई महिलाले बढि मन पराउने एक अध्ययनले देखाएको छ। तनाव कम लिने र सधै रिल्याक्समा रहने पुरुषले तनावयुक्त वातावरणको व्यवस्थापन गर्न सक्ने र उसको वंशाणुगत सक्षमण भावी बच्चामा पनि स्थानान्तरण हुने विश्वास महिलाहरुमा हुन्छन्।
0 comments:
Post a Comment