CLICK HERE

किचकने आएपछि २१ छात्रा बेहोस काठमाण्डौमा भूकम्पले धेरैको मृत्यु पछी भूतको बिग बिगी

१० दिनको अवधिमा २१ छात्रा भुत लागेर विरामी भएको विद्यालयले जनाएको छ । यसलाई केही सामाजिक अन्धविश्वासको रुपमा पनि लिएका छन् । तर, यहाँका बासिन्दा भुतलाई भगाउन तल्लोसोराड क्षेत्रमा पर्ने सलेना गाविसमा रहेको श्री धर्मघर उच्च माविको शौचालय भत्काउने निर्णयमा पुगेका छन् ।

उक्त विद्यालयमा अध्ययनरत छात्राहरुमा एक्कासी काँप्ने, चिच्याउने र अनियन्त्रीत भाषा प्रयोग गरी अनावश्यक बोल्ने समस्या देखिएपछि धामी झाँक्रिको सल्लाहअनुसार अभिभावकहरु शौचालय भत्काउने निर्णयमा पुगेका हुन् ।

विगत १० दिन यता देखि २१ जना छात्राहरुमा यस्तो समस्या देखिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालयबाट अहिलेसम्म पहल नभएको धर्मघर उमाविका प्रधानाध्यापक केशवराज जोशीले बताए । प्रधानाध्यापक जोशीका अनुसार विगत ४/५ दिन यतादेखि स्थानीयको दबावमा विद्यालयमा रहेको चार कोठे शौचालयमा ताला लगाईएको छ ।

शौचालयमा यसरी ताला लगाईदा विद्यार्थीहरु खुल्ला रुपमा शौच गर्न बाध्य भएको र त्यसले विद्यालय वरीपरीको वातावरण समेत दुर्गन्धित भएको स्थानीय दिपक चन्दले बताए ।  उहाँका अनुसार स्थानीयले पनि धामी झाँक्रिको विश्वासमा परी चार कोठे शौचालय भत्काउन दबाब दिईरहेका छन् । केही स्थानीयले धामी झाँक्रिकै भरमा परी शौचालय भत्काउने तयारी गरेपछि युवाहरुले भने विद्यालयमा जोडिएको संम्पत्ति अन्धविश्वासमा भत्काउन नदिन र छात्राहरुमा देखिएको उक्त रोगको यथाशिघ्र उपचार गरिदन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय बैतडीले भने हिजो मात्रै त्यसको आधिकारिक जानकारी आएको र आइतबार त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाउने जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत जीवन भट्टले यस्तो समस्या मास स्टोरिया भएका व्यक्तिलाई हुने र त्यसको छिट्टै नै उपचार हुने हुँदा नआत्तिन समेत सबैलाई आग्रह गरेका छन् ।

अहिलेको युगमा धामी झाँक्रिको परेर नभई उपचार गरेर रोगहरु निको हुने भएकाले अन्धविश्वासमा नपर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । विद्यालयमा निर्माण भएका संरचनाहरु भत्काउने कसैलाई पनि अधिकार नभएकाले त्यस्तो कार्य नगर्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्थानीयलाई आग्रह समेत गरे । रोगको उपचार गर्ने निकाय हुँदाहुँदै सामाजिक अन्धविश्वासको पछि लागि यदि कसैले पनि गैरकानुनी कार्य गरे कानुन बमोजिम कारवाही हुने प्रजिअ अधिकारीले बताए ।

त्यहाँका धामी झाँक्रिले भने शौचालय भत्काएपछि छात्राहरुलाई निको हुने बताएको स्थानीय दिपक चन्दले बताए ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment