CLICK HERE

म स्रोह वर्षीया युवती हुँ किन मलाई स्तनले असजिलो महसुस हुन्छ

म स्रोह वर्षीया युवती हुँ । मलाई ज्ञान भएअनुसार महिलाको स्तन विकास १४ देखि १६ वर्षभित्रमा भैसक्छ । यो अङ्ग महिलाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ, तर मेरो भने धेरै सानो छ र अरूका अगाडि मलाई असजिलो महसुस हुन्छ । यदि स्तनलाई प्राकृतिक रूपमा बढाउने कुनै उपाय छ भने कृपया बताइदिनु होला । ९०५४
स्तन एक विशेष किसिमको ग्रन्थि हो, जसले सन्तान उत्पादनपछि पोषणका लागि दूध बनाउँछ । बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छ, तर किशोरावस्थामा पुगेपछि केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यतस् दुई–तीन वर्ष ढिलो–चाँडो हुन सक्छ । तपाईंले भन्नुभएको १६ वर्षभन्दा केही पछिसम्म पनि जान सक्छ ।

2015-10-21_0723
स्तनको विकासका चरणहरू



स्तनको विकासको कुरा गर्दा आकृति (shape), आयतन (size) लाई नै Tanner Stage भनिने पाँचवटा चरणमा बाँडिएको छ ।

पहिलो चरण स् यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।

दोस्रो चरण : द्यगम जस्तो देखा पर्छ, स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।

तेस्रो चरण : स्तन अझ बढ्छ र ग्रन्थीय तन्तु (glandular tissue) बन्छ ।

चौथो चरण : Areola र मुन्टो अझ उठ्छ, स्तनको सबै भागमा थप वृद्धि हुन्छ ।

पाँचौं चरण स् स्तन वयस्कको जस्तै विकसित हुन्छ, स्तनले गोलाकार आकृति लिने, ब्चभयबि स्तनको अन्य भागको सतह समान हुन्छ र मुन्टो मात्र उठेको स्थितिमा हुन्छ ।

पूर्ण विकसित स्तनको आकारमा प्रशस्त भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन ठूलो हुन्छ । व्यक्तिको वजन धेरै भए यसको साइज पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको वृद्धि तीव्र हुनुको मुख्य कारण स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिँदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनले ।

स्तनको आकार र आयतनको महत्व

तपाईंले भन्नुभएजस्तै यसको महत्व छ । महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैका लागि यौन आनन्दको स्रोत हुन्छ । स्तनको आकृति तथा आयतनको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूले स्वास्थ्यभन्दा सुन्दरताका कारण स्तनको चिन्ता बढी गर्छन् भनिन्छ । तपाईं चासोको मूल जरा पनि यही हो ।

अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक बनाइएको हुन्छ, हाम्रो सामाजिक जीवनमा त्यसो गर्न सजिलो पनि छैन, कतिपय अवस्थामा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आम व्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्रको जस्तै हुनुपर्छ भन्ने छैन । सानो स्तन हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता वा शिशुलाई स्तनपान गराउने कुरामा असक्षम हुने होइन ।

केही पुरुष ठूला स्तनप्रति आकर्षित भए पनि वास्तविक यौन क्रियामा स्तनको आयतनलाई नै सुखमय यौनजीवनको मुख्य मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् ।

स्तन ठूलो बनाउने उपाय:-

मुख्यतयास् स्तनको आकारको निर्धारण आन्तरिक रस (हार्मोन) हरूले गर्ने भए पनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ । तपाईंको तौल के–कस्तो छ नलेखिएकाले यसै भन्न सकिएन । अर्को कुरा, तपाईंकी दिदी हुनुहुन्छ भने उहाँको स्तन कत्रो छ ध्यान पुर्‍याउनुहोला । कतिपय दिदी–बहिनीमा समानता रहेको पाइन्छ ।

तपाईंले भन्नुभएजस्तो प्राकृतिक उपायको कुरा अलि गार्‍है छ । विभिन्न किसिमको खाने तथा लगाउने हार्मोनयुक्त औषधी वा पम्प बजारमा उपलब्ध भए पनि त्यसको प्रभावकारिता वा विश्वसनीयता विवादग्रस्त नै छ ।

कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले कतिपय विकसित मुलुकमा शल्यक्रिया गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको नकारात्मक असर पर्न थालेको देखिएकाले त्यसका वैकल्पिक उपायहरूका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ ।

तपाईंलाई थाहै छ, स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न सक्छ र सुन्दरतामा वृद्धि हुन्छ ।

यसैगरी स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन २ साइजसम्म ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी आफ्नो वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि उपलब्ध छन् ।

ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगा बाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो–होइन भन्न सकिँदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी बनाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ । पाठक बर्गको लागि यो सामाग्री कान्तिपुर साप्ताहिकबाट साभार गरिएको हो ।
स्तनका बारेमा थप नालिबेली

स्तन मानव शरीरको एक अङ्गको रुपमा मात्र नभई यसको सांकेतिक महत्व बढी छ । सन्तानको पोषण गर्ने अङ्गको रुपमा भएर पनि यसले विशेष महत्व पाएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसंग नै जोडिएको ठान्ने गर्दछन् ।

नारीको सुन्दरतालाई यससंग जोड्ने गरिन्छ त्यसैले यसको नाप र आकारसंग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ । विशेष गरेर किशोरावस्थामा हाम्रो आफ्नो शरीरप्रति र त्यसमा भईरहेका तीव्र परिवर्तनप्रति मानसिक वा भावनात्मक रुपमा सामञ्जस्यता ल्याउन नसकिएको हुनाले पनि अनेक किसिमका प्रश्न उठ्ने गर्दछन् ।

कतिपय व्यक्तिले स्तनको नाप र आकार सामान्य भए पनि सानो भयो कि भनेर पीर लिने गर्दछन् । विशेष गरेर आफ्ना साथीहरूसंग तुलना गर्दा सानो भएमा यस्तो हुनसक्छ । केही किशोरीलाई सुरु सुरुमा आफ्नो स्तन सामान्य नै भए पनि ठूलो जस्तो लाग्न सक्दछ ।
यी कुराहरू आफ्नो शारीरिक स्वरुपमा सन्तुलनको स्थिति आउनुभन्दा पहिलेको स्थितिलाई दर्शाउँछ । आफू यौनको दृष्टिकोणले पर्याप्त आकर्षक छु वा छैन भन्ने कुरासंग जोडिएको हुन्छ । भावी यौन जोडीको दृष्टिमा पर्याप्त यौनआकर्षक होईएला कि नहोइएला भन्ने कुराले सताउन थालेपछि त समस्या चर्को बन्नसक्छ । कसै–कसैका लागि त यो समस्या यति गम्भीर बन्छ कि आत्महत्याको विचारसम्म पनि आउन थाल्छ ।
स्तनको आकारप्रकार
व्यक्ति–व्यक्तिअनुसार हाम्रो शरीर तथा अन्य अंगको आकार तथा प्रकारमा फरक भए जस्तै स्तनको आकार तथा नापमा धेरै नै भिन्नता पाईन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला । त्यसैगरी गरी आकृति पनि गोलाकारदेखि झोल्लिएको हुनसक्छ । कसैमा स्तनको विकासको गति शीघ्र हुन्छ भने कसैमा सुस्त । गर्भवति र स्तनपान गराइरहेको अवस्थामा यो अझै ठूलो भएको हुन्छ । व्यक्तिको वजन धेरै भएमा यसको साइज पनि ठूलो हुन्छ ।

सामान्यतया स्तनको आकार वा नापलाई विभिन्न कुराले प्रभावित गर्ने गर्दछन् । स्तनमा तन्तुको मात्रा, वंशाणु, पारिवारिक ईतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाई वा तन्किन सक्ने गुण, रागरस (हर्मोन)हरुको प्रभाव तथा पोषणजस्ता कतिपय कुरामा भर पर्नेगर्छ । स्तनको विकासको क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ ।

किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र सो बेला यसका तन्तु पनि निकै नै खाँदिएको हुने भएको हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गए पछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ ।
स्तनको विकास भईरहेका बेला अनावश्यक रुपमा कसिलो ब्रा वा लुगा लगाउनु कुरा राम्रो मानिँदैन । स्तनको नापअनुसार नै ब्राको प्रयोग गर्नु पर्दछ ।
डा. राजेन्द्र भद्रा

मेरो स्तन हुनुपर्ने भन्दा अलि ठूलो छ।
म १८ वर्षीया किशोरी हुँ। मेरो स्तन हुनुपर्ने भन्दा अलि ठूलो छ। यसलाई घटाउने कुनै प्राकृतिक उपाय छ ? स्तन ठूलो हुनाले ममा जति आत्मविश्वास हुनुपर्ने थियो त्यति छैन। म विश्वासका साथ मानिसहरूको सामना गर्न सक्दिनँ। एक किसिमको ग्लानि हुन्छ। कतिपय पुरुषलाई ठूला स्तन राम्रा लाग्छन् भन्ने सुनेकी छु तर मलाई यस्तो स्तन मन पर्दैन। मलाई स्तन घटाउनु नै छ। त्यसैले स्तन घटाउने जे-जति उपाय छन्, बताइदिनुहोला। ए.

के स्तन ठूलो नै हो ?

विशेष गरी किशोरावस्थामा आफ्नो शरीरमा भैरहेका विभिन्न परिवर्तनका सम्बन्धमा निकै चासो हुन्छ। यसै क्रममा किशोरीहरूमा स्तनको आकारका सम्बन्धमा पनि चासो हुन्छ। सामान्यतः स्तन भन्नाले महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थि बुझिन्छ। यसले शिशुको पोषणका लागि आवश्यक दूध बनाउँछ। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। यसको आकारमा वृद्घि किशोरावस्थामा हुने भए पनि दूध निर्माण गर्न आवश्यक पर्ने ग्रन्थि तथा नलीहरूको विकास गर्भवती हुँदा तथा स्तनपान गराउँदा निस्कने हार्मोनहरूको प्रभावमा पछि मात्र हुन्छ र स्तनको विकास पूरा हुन्छ।

सबैजसो किशोरीलाई आफ्नो स्तनको आकारका सम्बन्धमा चासो र चिन्ता हुन्छ। स्तनको विकास समय (चाँडो वा ढिलो), त्यसको गति (शीघ्र वा सुस्त) अनि आकार तथा नापजस्ता कुरामै यस्तो चिन्ता वा चासो हुन्छ। यससँग सुन्दरताको कुरा पनि जोडिएको छ।

किशोरावस्थामा शरीरमा भैरहेका यी परिवर्तनप्रति कतिपय किशोरी सहज हुन सकिरहेका हुँदैनन्। वास्तवमा स्तन सामान्यभन्दा ठूलो नभए पनि आफ्नो स्तन निकै ठूलो भएको भान पर्छ। आफैंभित्र असजिलो भएका कारण आफ्नो स्तनमै सबै व्यक्तिको ध्यान गएजस्तो लाग्छ। तपाईंलाई पनि त्यस्तै त भएको होइन ? एकपटक विचार गर्नुहोला।
कतिपय किशोरीले त स्तनको उभार नदेखियोस् भनेर ढाड र कुम खुम्च्याएर बस्ने मात्र होइन कि पहिरन पनि त्यस्तै लगाउँछन्, तर हाल आएर त्यस्ता कुरामा केही परिवर्तन पनि आएको छ।

अर्को कुरा, तपाईंले स्तनको नाप लेख्नुभएको छैन। तपाईंले प्रयोग गर्ने ब्रा अर्थात् थुन चोलीको नाप तथा कपको साइजका बारेमा केही पनि उल्लेख नगर्नु भएकाले यसै भन्न सकिने स्थिति छैन। अप्रत्यक्ष रूपमा त्यसबाट पनि तपाईंको स्तन ठूलो भए-नभएको आँकलन गर्न सकिन्थ्यो।

के ठूलो स्तन समस्या हो ?

अन्य कतिपय देशझैं नेपालमा पनि ठूला स्तनलाई आकर्षक नै मानिन्छ। अन्य कुनै खराबी नभै स्वाभाविक रूपमा स्तनको आकार मात्र ठूलो भए खासै चिन्ता गर्नुपर्ने केही छैन। किशोरावस्थामा आफ्नो शरीरका कतिपय अङ्ग, त्यसको स्वरूप, उचाइजस्ता कतिपय कुरा नमिलेजस्तो लाग्छ, त्यसलाई तुरुन्तै सच्याउँ जस्तो हुन्छ। यो किशेारावस्थामा हुने शरीरको विम्बप्रतिको अलमलका कारण हुने कुरा हो।

किशोरावस्था पार गरेपछि आफ्नो शरीर यस्तै हो भनेर स्वीकार गरिन्छ र शरीरको कुनै अङ्गको स्वरूप वा नापलाई लिएर हुने समस्या समस्याका रूपमा रहँदैन। त्यसैले तपाईंले पनि स्वाभाविक रूपमा भएको स्तनको नाप अनि आकारलाई स्वीकार गर्नु समस्या समाधानको एउटा उपाय हुन सक्छ।

अति नै ठूला स्तन भए के गर्ने ?

स्तन निकै ठूलो भएको हो भने वास्तविक धरातलमा आएर समस्याको समाधान खोज्नुपर्छ। स्तन अलि ठूलो मात्र भन्नुभएको छ। यस्तो स्थितिमा ठीक किसिमका पहिरन लगाएर स्तनको उभार छोप्नु एउटा सजिलो उपाय हो। साइज मिल्ने किसिमको थुनचोली लगाउनुपर्छ। यो उमेरमा वृद्धि छिटो-छिटो हुने भएकाले त्यसैअनुसार ठीक साइजको थुनचोली पनि समय-समयमा स्तनको वृद्धिसँगै फेर्नुपर्छ।

कसैकसैको स्तन वास्तवमै अति ठूला हुन्छन्। त्यस किसिमको आवस्थालाई mammary hyperplasia or macromastia भनिन्छ। त्यसलाई शल्यक्रिया गरेर सानो बनाउन सकिन्छ। यस्तो शल्यक्रिया गरिनुपर्ने अवस्था हुन्छन्, जस्तो कि टाउको, गर्दन अनि कुममा निरन्तर पीडा हुने जसले जीवनको गुणस्तरलाई नै प्रभाव पारेको छ। स्तनको भारले शरीरको आसन स्थिति ठीक नभई स्नायु थिचिएर हत्केला वा वाहुभुजा झमझमाए।

स्तनको भारले थुनचोली (ब्रा)को पट्टि धेरै धसिने भए वा स्तनमा छाला फाटेका दाग आए वा स्तनको मुनितिर सधैं बिमिरा वा छाला रातो भए अनि खेलकुदमा भाग लिन नसक्ने भए यस्तो शल्यक्रिया गराउनुपर्ने अवस्था आएको मानिन्छ। तपाईंले आफ्नो स्तनको सन्दर्भमा यस्ता केही कुरा लेख्नुभएको छैन।

तपाईंलाई साह्रै असजिलो लागेको छ र चाहनुहुन्छ भने एक किसिमको प्लास्टिक सर्जरी गर्ने चलन छ। नेपालमा यस्तो प्रचलन अति नै सीमित छ। यस्ता शल्यक्रिया जटिलतामुक्त हुँदैनन् त्यसैले त्यसका बारेमा शल्यचिकित्सकसँग पर्याप्त विचार-विमर्श गर्नुपर्छ।

जोखिमको कुरा गर्दा कुनै पनि शल्यक्रियामा जस्तै रक्तश्राव तथा संक्रमणको सम्भावना हुन्छ। यो शल्यक्रिया पूरै वेहोश गराएर गरिने भएकाले त्यसको जोखिम जस्तै— श्वास-प्रश्वास वा मुटुसम्बन्धी समस्या अनि औषधी सम्बन्धी रियाक्सन हुनसक्छ।

त्यसबाहेक स्तनपान गराउन समस्या आउन सक्छ, घाउ पारेको खत लामो समयसम्म रहन सक्छ। त्यसैगरी स्तनको मुन्टोको संवेदनशीलता केही हराउने वा परिवर्तन हुने वा दुवै मुन्टो एउटै स्तरमा नहुने जस्ता समस्या झेल्नुपर्ने हुन सक्छ।

आशा गर्छु, कुरा बुझ्नु नै भयो होला। राम्रोसँग विचार गरेर मात्र ठोस निर्णय लिन अनुरोध छ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment